बैशाख ०७, २०८१, शुक्रबार
               

सकियो एमाले विवाद समाधानार्थ कार्यदलको पहिलो बैठक

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानार्थ बनेको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले एक अर्का पक्ष (ओली नेपाल) पक्षबीच अन्तरविरोध पैदा हुने काम नगर्ने आह्वान गर्दै सो बैठक सकिएको हो । 

थप छलफलका लागि अर्को बैठक बुधवार (भोलि) पनि बस्दैछ ।

बैठकपछि प्रतिक्रया दिँदै नेता नेपाल पक्षका संयोजक समेत रहेका नेता भीम रावलले पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

त्यस्तै आजको बैठकमा आफ्नो कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तुरुन्त लागू गर्ने समेत तय भएको नेता रावलले जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि