बैशाख ०६, २०८१, बिहीबार
               

संसदमा जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र दर्ता

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । संसद सचिवालयमा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र दर्ता भएको छ। 

मंगलबार सचिवालयमा दर्ता सो पत्रमा वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले राजेन्द् महतोलाई संसदीय दलको नेता चयन गरेको सो पत्रमा उल्लेख छ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद सचिवालयमा पत्र आएको हो । 'पत्र आएको छ। तर त्यसबारे महासिचव ज्यू (संसदका महासचिव) आएपछि मात्र अध्ययन हुन्छ,' पाण्डेले भने।

तर, जसपाका सांसद मोहम्मद इस्तियाक राईले भने किर्ते काम गरेर पत्र तयार पारेको भन्दै सो कुरा पार्टीलाई मान्य नहुने बताए।

मंगलबार नै जसपाका अध्यक्षद्वय ठाकुर र यादवले ८ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा गरी तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बरु आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पहल गर्ने उल्लेख छ।

वैशाख ३० गते कांग्रेस, माओवादी केन्द्र र जसपासहितका दल मिलेर बहुमतको प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरिएका बेला ठाकुरसहितका १७ नेताहरु भक्तपुरको एक रिसोर्टमा गएर सो प्रक्रिया असफल बनाएका थिए।


कस्तो लाग्यो ?

यो पनि