काठमाडौं । कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट आइतबार नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलले शपथ ग्रहण गरेका हुन् ।
गत बुधबार उनीहरु उल्लेखित पदमा नियुक्त भएका थिए ।