जेठ ०४, २०८१, शुक्रबार
               

दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माधव नेपालको आग्रह

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएकाे दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माग गरेका छन् ।

मदन–आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत उनीहरूको योगदानको स्मरण गर्दै घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका हुन् । उनले मदन–आश्रितको सहस्यमय ढंगले दासढुंगा जिप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको तथ्य पत्ता नलाग्नु दुखद भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेता नेपालले एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । उनले देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरूलाई सच्चाएर अघि बढ्ने प्रण गरे मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

दासढुंगा घटनापश्चात नेकपा एमालेले पटक–पटक सरकारको नेतृत्व गरे पनि सत्यतथ्य पत्ता लगाउन कुनै चासो देखाएको छैन । जसका कारण यस घटनाप्रति एमालेले आलोचना खेप्दै आएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रितको निधन भएको हाे । 


कस्तो लाग्यो ?

यो पनि