बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्रीको शपथ विवाद : पुन: शपथको माग गर्दै सर्वोच्चमा रिट

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विवादास्पद शपथ ग्रहण कानुनी रूपमै विवादमा परेको छ । 

ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै आज आइतबार सर्वोच्च अदालतमा रिट पेश भएको हो ।

प्रधानमन्त्रीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएर त्यो भन्नु पर्दैन भन्ने अभिव्यक्ति र त्यसप्रति राष्ट्रपतिले गरेको हाँसोको क्लिप भाइरल बनिरहँदा अदालतमा रिट परेको हो ।

संसदमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त ओलीले सोमबार शपथ ग्रहण गरेका थिए । 

शपथ कानुनी नभएको भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओलीलगायतले अलगअलग रिट निवेदन पेस गरेका छन् । सर्वोच्चमा रिट पेश भए पनि आइतबार समय अभावका कारण दर्ता हुन भने सकेको छैन ।

रिटमा अर्को शपथ नगरेसम्म ओलीलाई प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

त्यसैगरी संघीय संसद्को सदस्य नभएका सातजना मन्त्रीलाई पुनः नियुक्त गरिएकोप्रति पनि रिटमा प्रश्न उठाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि