बैशाख १३, २०८१, बिहीबार
               

पार्टी बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ : रिजाल

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता विष्णु रिजालले पार्टी मजबुत भए लोकतन्त्र हुने बताएका छन् । नेकपा एमाले एक ढिक्का हुने क्रम जारी रहेका बेला नेकपा माओवादीले पनि आफ्नो संगठन सुदृढको प्रसंग झिक्दै रिजालले  सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् । 

‘एमालेसँग लड्न अन्यपार्टी पनि त्यहीअनुसार तयार हुनुपर्छ,उनले भनेका छन्, ‘अर्काको पार्टी फुट्ला र जोडजाड गरेर सरकार बनाउँला भन्ने आश गर्नुभन्दा आफ्नो शक्ति संगठित गर्ने सोचले पार्टीलाई बलियो बनाउँछ । एमाले बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ भन्नुको अर्थ बलियो एमालेसँग लड्न अरू पार्टीले पनि आफूलाई त्यहीअनुसार तयार गर्नुपर्छ,” उनले फेसबुकमा लेखेका छन् ।

एउटा पार्टी एकताबद्ध र बलियो भएमा त्यसको सकारात्मक प्रभाव प्रतिस्पर्धी पार्टीमा पनि पर्ने कुरा आफूले सुन्दै आएको उनले बताएका छन् । अहिले एमाले एकताबद्ध हुन थालेको र त्यसको प्रभाव माओवादीमा पनि परेको उनको भनाइ छ ।

‘अहिले नेकपा (एमाले) एकताबद्ध हुन थाल्दा त्यसको प्रभाव नेकपा (माओवादी केन्द्र)मा पनि पर्न थालेको छ र युवा पुस्ताका नेताहरू ‘आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ, आफ्नो खुट्टामा भर गर्नुपर्छ’ भन्दै माओवादी धारलाई बलियो बनाउन पुष्पकमल दाहाल, मोहन वैद्य, बाबुराम भट्टराईदेखि नेत्रविक्रम चन्दसम्म एक ठाउँमा आउनुपर्छ भन्न थाल्नुभएको छ,” उनले लेखेका छन् ।

यो पनि