जेठ ०८, २०८१, मंगलबार
               

ओली-नेपालबीच आज पनि वार्ता हुँदै

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) को जारी विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ ।

एकताका लागि गठन गर्ने भनिएको कार्यदलको टुंगो आजको भेटमा हुने अनुमान गरिएको छ । आज दिउसो भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटका लागि नेता नेपालले ओलीलाई आफ्नो निवास कोटेश्वरमा बोलाए पनि त्यसको टुंगो भने लागिसकेको छैन ।

नेता नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरूको नाम भने ओलीलाई दिइसकेका छन् । त्यसमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

बैशाख ३० गते ओली र नेपालबीच पार्टी एकता कायम गरेर अघि बढ्ने सहमति भएको थियो ।

यो पनि