मंसिर ०७, २०८१, शुक्रबार
               

जसपाको बैठक बोलाइएको छैन : ठाकुर

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई बैठक गरिरहँदा अर्का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको कार्यकारि परिषदको बैठक नबोलाइएको जनाएका छन् ।

अध्यक्ष ठाकुरले विज्ञप्ति नै निकालेर परिषद्को बैठक नबोलाइएको जनाएका हुन् । उनले बैठक नबोलाइएको र त्यस्तो जानकारीसमेत आफूहरूलाई नभएको जनाएका छन्।

ओलीलाई विस्थापित गराउने सवालमा जसपा दुई धारमा उभिएको थियो । जसपा अब लगभग विभाजनको संघारमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि