बैशाख १९, २०८१, बुधबार
               

११ देशमा को को बन्दै छन् राजदूत ?

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले ११ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । 

परराष्ट्र मन्त्रालयले रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो । श्रीलंका, डेनमार्क, अष्ट्रिया, इजिप्ट, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल र साउदी अरेबियाका लागि राजदूतको सिफारिस गरिएको हो ।

उनीहरूको नाम संसदीय सुनुवाइका लागि संसद्‌ सचिवालयमा पठाइएको छ । 

राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने भनिए पनि यस पटक परराष्ट्र सेवाबाट दुई जनामात्रै सिफारिस भएका छन् ।

सिफारिस भएका व्यक्ति

१. कुलप्रसाद नेपाल (ब्राजिल)

२. जंगबहादुर चौहान (रूस)

३. नारायणप्रसाद संग्रौला (बर्मा)

४. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)

५. मेराज मुसलमान (साउदी अरेबिया)

६. सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)

७. रमेशचन्द्र पौडेल (श्रीलंका)

८. निर्मलराज काफ्ले (अष्ट्रिया)

९. युवराज कार्की (बहराइन)

१०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)

११. सुमित्रा सुवेदी (डेनमार्क)


कस्तो लाग्यो ?

यो पनि