जेठ ०१, २०८१, मंगलबार
               

ओली र नेपालबीच साँझ भेटवार्ता हुने

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साँझ भेटवार्ता हुने भएको छ ।

एक स्रोतका अनुसार सिंहदरबारमा हुने भनिएको बार्ता ओली र नेपालसहित दुवै पक्षका अन्य नेता पनि सहभागी हुने बताइएको छ । 

ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भनिए पनि ओली पक्षबाट को-को सहभागी हुने भने खुलाइएको छैन । 

नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण गरिसकेका छन् । 

यो पनि