बैशाख २१, २०८१, शुक्रबार
               

तीन दलको समीक्षात्मक बैठकको निष्कर्ष : नेपालले धोका दिए

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा तीन दलका शीर्ष नेताबीच भएको समीक्षात्मक भेटवार्ताले माधव नेपालले धोका दिएको निष्कर्ष निकालेको छ । 

गठबन्धनको सरकार बनाउन असफल भएको विषयमा समीक्षा गर्न विपक्षी दलका नेताहरु कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताले सो निष्कर्ष निकालेको हो । 

बैैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेता र जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी थिए ।

बैठकले एमाले नेता माधव नेपाल समूहले सहयोग नगर्दा नयाँ सरकार निर्माण गर्न नसकिएको निष्कर्ष निकालेको हो ।

नेता नेपालले आफूहरुले सांसद पदबाट राजीनामा दिएर भए पनि नयाँ सरकार निर्माणको बाटो खुला गरिदिने बचन दिएका थिए । बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्षलाई लिएर मध्यावधी निर्वाचनमा जान सक्ने आशंका गरेका थिए ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सरकार गठन गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने भएकाले अबको रणनिति तय गर्न दलहरु छलफलमा जुटेका हुन् । जनता समाजवादी पार्टी दुई कित्तामा उभिएपछि नेपाली कांग्रेसले संसदमा बहुमत जुटाउन नसकेको हो ।


कस्तो लाग्यो ?

यो पनि