जेठ ०४, २०८१, शुक्रबार
               

राप्रपाका अध्यक्ष कमल थापा भन्छन् ‘प्रजातान्त्रिक दल एमाले जुटेर जानु’

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुट्न नहुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै एमालेलाई एकता कायम राख्न सुझाब दिएका हुन् ।

फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै उनले ट्वीटरमा एमाले एकता कायम राख्न सुझाव दिएका हुन् ।

साथै, थापाले उनले २०७४ सालमा देशी विदेशी शक्तिले राप्रपा फुटाएको समेत आरोप लगाएका छन् । उनले परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको भन्दै विस्तारै उठ्दै गरेको पनि बताएका छन् ।

थापाले नाम र काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएको भन्दै यो शक्ति कमजोर हुन नहुने सुझाव दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि