बैशाख २१, २०८१, शुक्रबार
               

कांग्रेस पदाधिकारी बैठक चल्दै

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नयाँ सरकार निर्माणको विषयलाई मुख्य केन्द्र बनाएर बसेको कांग्रेस पदाधिकारी बैठक जारी छ । सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।

देउवा निवासमा जारी सो बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेबाट सुरु भएको हो । बहुमतको
पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 

कांग्रेस पदाधिकारी बैठक बस्न्अघि देउवाले प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका थिए ।  प्रचण्ड र देउवाबीच भएको छलफलको निष्कर्षले सरकार बनाउन दाबी पेस गर्ने सहमति गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र राष्ट्रपति समक्ष दाबी पेस गर्ने काँग्रेसको तयारी छ ।

यो पनि