बैशाख १५, २०८१, शनिबार
               

ठोस प्रस्ताव र लिखित सहमतिविना सहमति गर्नु हुन्न : झाँक्री

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमार झाँक्रीले केपी ओली पक्षसँगको छलफल ठोस प्रस्ताव र लिखित सहमतिबिना गर्न नहुने संकेत गरेकी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई गरेको कारबाही फिर्ता लिई शीर्षस्थ नेताबीच छलफल जारी रहेका बेला झाँक्रीले सो  संकेत गरेकी हुन् । 

उनले विहीबार साँझ सामाजिक संजालमार्फत जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प बिद्रोह भएको र आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने प्रतिक्रिया अघि सारेकी छिन् । 

उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ ।’

यो पनि