बैशाख २२, २०८१, शनिबार
               

चार बजे कांग्रेस पदाधिकारी बैठक बस्ने

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँगको भेटपश्चात् देउवाले दिउँसो चार बजेका लागि सो बैठक बोलाएका हुन् । बैठक देउवा निवासमै बस्ने बताइएको छ । 

यस्तै, देउवासँगको भेटपश्चात् ठाकुर र महतोले पनि आफ्नो समूहका सांसदहरुसँग छलफल गरेका छन् ।

जसपासँगको भेटवार्तामा भएको कुराकानी र अन्य दलहरुसँग भइरहेको वार्ताबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताइएको छ । 

ठाकुर र महतोसँग नयाँ सरकार निर्माणबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको स्रोतले जनाएको छ । ‘थप छलफल गर्ने कुरा भएको छ, तर बैठकमा कुनै ठोस् सहमति भने हुन सकेको छैन,’ स्रोतले भन्यो ।

यो पनि