जेठ ०४, २०८१, शुक्रबार
               

जसपा शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

वैकल्पिक सरकार गठनबारे छलफलका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । 

छलफलमा सहभागी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको छ ।सो क्रममा लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वाभाविक भएको बताउँदै उनले भोलिसम्म एकीकृत धारणा तय गर्ने बताए । 

‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उनले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र  भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदै छ ।


कस्तो लाग्यो ?

यो पनि