बैशाख ०८, २०८१, शनिबार
               

गुरुङ पुन: मुख्यमन्त्रीमा नियुक्त

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा पुन: पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । 

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

बुधबार उनी ठूलो दलको हैसियतले पुन: सो पदमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाए पनि आवश्यक बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको हैसियतमा  गुरुङलाई नै नियुक्त भएका हुन् । 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेन ।

यो पनि