जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता फेरिए

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएको भन्दै उनलाई राष्ट्रिय जनमोर्चाले सो पदबाट हटाएको हो । यसका अलावा सचेतक पनि फेरिएको छ । 

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ ।

थापालाई दलको नेताबाट हटाइएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पुष्टि गरे ।


कस्तो लाग्यो ?

यो पनि