जेठ ०१, २०८१, मंगलबार
               

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

सुर्खेत । मन्त्रिपरिषदमा रहेका दुई मन्त्रीले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

रिक्त स्थानमा मुख्यमन्त्री शाहीले आफूनिकट आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई सिफारिस गरेका हुन् ।

त्यस्तै, वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतको भनाइ छ । यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा दिइसकेका छैनन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि