जेठ ०४, २०८१, शुक्रबार
               

खोपमा भ्रष्टाचार भएको छैन : मन्त्री त्रिपाठी

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको बताएका छन् । खोपमा भ्रष्टाचार भयो भनी  चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्री त्रिपाठीले मंगलबार पत्रकार सम्मेलन गरी सो बताएका हुन् । 

‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ,’ मन्त्री त्रिपाठीले भने ।

सोमबारको संसद विशेष अधिवेशनमा पनि सो विषय उठेको थियो । 

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् ।


कस्तो लाग्यो ?

यो पनि