जेठ ०८, २०८१, मंगलबार
               

देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसोका लागि बोलाएको सर्वदलीय बैठक स्थगित गरेका छन् ।राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकारबारे छलफलका लागि बोलाएको सो बैठक देउवाले स्थगित गरेका हुन् । 

दउवाले नेकपा एमालेको नेपाल समूहसहित विपक्षी दलका शीर्ष नेताहरुलाई डाकेको बैठकमा डाकेका थिए । सर्वदलीय बैठकअगाडि सबै दलले आन्तरिक गृहकार्य गर्न आवश्यक भएकाले यस्तो निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

मंगलबार दिनभरि सबै दलले पार्टीभित्र गृहकार्य सकेर बुधबार सर्वदलीय बैठक बस्ने तयारी भएको जनाइएको छ ।

बरु उनले सो समयमा सभापति देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि