बैशाख १४, २०८१, शुक्रबार
               

पाएनन् ओलीले विश्वासको मत

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मत अस्वीकृत भएको छ । योसँगै  प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद भए पनि माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीको प्रस्ताव अस्वीकृत भएको हो । 

यो पनि