जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय समस्या को हो ? : दाहाल

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू राष्ट्रिय समस्या भएको  भनेकोमा प्रति प्रश्न गर्दै  गरेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सो प्रश्न गरेका हुन् । 

‘संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट आन्दोलनमा संकट यी कुराहरु कसको कारण आयो प्रधानमन्त्री जी ? समीक्षाका लागि तयार हुनुहुन्छ।

‘तपाईंले कहिलेकाही भनेको सुन्छु । प्रचण्डलाई राष्ट्रिय समस्या नै भयो भनेर ।’ उनले प्रश्न गरे, ‘म हो राष्ट्रिय समस्या ? कि तपाई राष्ट्रिय समस्या ? बहस गरौँ भन्न चाहन्छु । मैले संविधान बनाउने र तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रिय समस्या भएर हो ?

देशमा अराजक गतिविधि नआओस् भनेर आफूले नै वाम गठबन्धनको प्रस्ताव राखेको उल्लेख गर्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि वाम गठबन्धनको प्रस्ताव राख्ने म पहिलो व्यक्ति हुँ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ भनेर जाने पहिलो व्यक्ति पनि म नै हुँ ।’

वाम एकता र संकल्प पछि ओलीलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्ने व्यक्ति पनि आफू नै भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘तर आज यो एउटा विडम्बना भन्नु पर्छ । तीन वर्ष बित्दानबिन्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि बढो नराम्रोसँग चिथारिएको, कोपरिएको र त्यो संविधानलाई नै कोरोना लागे जस्तो । अहिले देश र समाज त कोरोनाले आक्रान्त छँदैछ । सरकारको गतिविधिका कारण संविधानलाई पनि कोरोना लागे जस्तो, आईसीयूमा राखेको जस्तो अवस्थाबाट गुज्रिनु परेको छ ।’

स्थायित्वको परिकल्पना गरेर संविधान निर्माण गरे पनि अहिलेको अवस्था आएकोमा आफू चिन्तित रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि