बैशाख २०, २०८१, बिहीबार
               

माधव पक्षका सांसदवीच राजीनामाबारे असन्तुष्टि, केही सांसद बैठकबाट बाहिरिए

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् । 
बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए । 

खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । 

यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् । 

खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिनेरनदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि