बैशाख २०, २०८१, बिहीबार
               

वरिष्ठ नेता खनाल संक्रमणमुक्त : चिकित्सकको सल्लाहमा अझै केही दिन अस्पतालमै बस्ने

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नर्भिक अस्पतालमा संक्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन् । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार पिसिआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

संक्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

यो पनि