बैशाख १५, २०८१, शनिबार
               

प्रतिनिधि सभामा यसरी अघि बढ्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभाबाट विश्वास भए नभएको यकिन गर्न सोमबार प्रतिनिधि सभाको अधिवेशन आव्हान हुँदै छ । विश्वासको मत सिद्ध गर्ने प्रयोजनका लागि डाकिएको बैठकमा सोमबारै मतदान हुने नहुने निश्चित छैन । 

प्रतिनिधि सभाको नियमावली अनुसार सभामुख अग्नि सापकोटाले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव पेस हुने दिन र समय तोक्नुपर्नेछ। उनले सोमबार भोलि नै उक्त प्रस्ताव पेस गर्न प्रधानमन्त्रीलाई समय दिन सक्नेछन् ।

सोमबार नै सभामुखले दोस्रो बैठक राखेर अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् । पहिलो बैठकमा राष्ट्रपतिले अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाइनेछ । 

 

प्रतिनिधि सभा नियमावलीको नियम १५२ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि आग्रह गर्दै वक्तव्य दिनेछन् । वक्तव्यपछि सभामुखले प्रधानमन्त्रीको प्रस्तावमा छलफल गराउनेछन् ।  

सबै सांसदले विश्वासको मत दिने नदिने विषयमा बोल्न चाहेमा मतदान मङ्गलवार अबेर वा बुधबार मात्र हुनेछ । संसदमा पूर्व प्रधानमन्त्री र पूर्व सभामुखले बोल्न चाहेको अवस्थामा समयको पाबन्दी रहँदैन । 

उनीहरूले बोल्न चाहे पर्याप्त समय पाउनेछन् । सांसदहरूलाई सभामुखले कम्तीमा ५ मिनेटको समय निर्धारण गरेको अवस्थामा पनि छलफल कम्तीमा मङ्गलवारसम्म हुनेछ। 

छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका जवाफ दिनेछन् । प्रधानमन्त्रीको जवाफ पछि संसदमा मत विभाजन हुनेछ । सांसदहरूले विश्वास भए नभएको हस्ताक्षर गरेरै मत दिनुपर्नेछ । 

संसद सचिवालयले कोरोना लागेका सांसदहरूलाई पनि मतदानमा सहभागी गराउने तयारी गरिरहेको छ। उनीहरूलाई छुट्टै मतदान स्थल राख्ने तयारी सचिवालयको छ। प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके सो को जानकारी सभामुखले राष्ट्रपतिलाई दिनुपर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि