जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना संक्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए । यसअघि पनि थापा र भण्डारीलाई संक्रमण देखिएको थियो ।

शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने संक्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि