जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रको वडा कमिटी नै नेकपा एमालेमा प्रवेश

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

झापा । झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपामा समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी छन् । 

शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ टोकला इकाई परिवार एमालेमा समाहित भएका हुन् ।

दुई दशक अघिदेखि माओवादी केन्द्रमा आबद्ध रहेका मेचीनगर ८ वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाका अनुसार देश र जनतालाई निकास दिने एक मात्र पार्टी केपी ओली नेतृत्वको एमाले रहेको हुँदा आफुहरू एमालेमा समाहित भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि