जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक परिषद् बैठकमा भाग लिन्नौँ : काँग्रेस

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली काँग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भाग नलिने जनाएका छन् ।

‘नेपाली काँग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा जनाइएको छ ।

 

यो पनि