जेठ ०८, २०८१, मंगलबार
               

माओवादी अध्यक्ष दाहाल पनि पुगे बूढानीलकण्ठ

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्रीदेखि वरिष्ठ नेता बूढानीलकण्ठ पुग्ने क्रममा दाहाल पनि शुक्रबार बूढानीलकण्ठ पुगेका हुन् । 

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना दलबलसहित बूढानीलकण्ठ पुगेका थिए । त्यैगरी, एमाले वरिष्ठ नेता माधव नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ । 

भेटमा प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत विफल बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि