बैशाख २२, २०८१, शनिबार
               

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीले २७ गते विश्वासको मत लिने घोषणासँगै बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भनी छलफलका लागि कांग्रेसले सो बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडका अनुसार सो बैठक ​बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे  बस्नेछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते  दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएसँगै बूढानीलकण्ठमा राजनीतिक चाप बढेको छ ।

बुधबार देउवा भेट्न बुधबार ओली दलबलसहित देउवानिवास पुगेका थिए ।  प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ । बुधबार देउवा निवास पुगेका ओलीले आफूलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरेका थिए । तर, कांग्रेसले ओलीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको थियो ।

यस्तै केही बेरअघि मात्रै वरिष्ठ नेता नेपाल बूढानीलकण्ठ पुगेका छन् । 

यो पनि