बैशाख २३, २०८१, आइतबार
               

नेपाल पुगे बूढानीलकण्ठ

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापित शेरबहादुर भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमालेका अध्यक्ष ओली देउवालाई भेटेको भोलिपल्ट उनी देउवा निवास पुगेका हुन् । बुधबार देउवा भेट्न बुधबार ओली दलबलसहित देउवानिवास पुगेका थिए । 

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ । बुधबार देउवा निवास पुगेका ओलीले आफूलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरेका थिए । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको थियो । 

प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिँदै छन् । उनी आफ्नै दलका संसद तथा माधव समूहबाट विश्वासको मत आउँछ वा आउँदैन भन्नेमा सशंकित देखिएका छन् । 

सोही शंकाका कारण यसअघि कारबाही गरेको कारबाही फिर्ता लिने मनसायमा ओली पुगेको एक स्रोतले उल्लेख गरेको छ । यसअघि एमालेले ६ महिनाका लागि माधव नेपालसहितका चार नेतालाई कारबाही गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि