बैशाख २२, २०८१, शनिबार
               

वैशाख २७ गते गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुने

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौ ।गण्डकी प्रदेशमा वैशाख २७ मा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ ।

यसअघि सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको मतदान कार्यक्रम संघमा प्रधानमन्त्री केपी शर्मा  ओलीले विश्वासको मत लिने दिन नै हुन लागेको हो । 

सो बैठक सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि