जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । 
त्यस्तै, तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि