चैत १६, २०८०, शुक्रबार
               

सकियो ओली-देउवाबीचको बैठक

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकिएको छ । बुधबार देउवानिवासमा बुढानीलकण्ठमा केही समयअघि सुरु भएको छलफल सकिएको हो । छलफलमा सभापति देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नाताले विश्वासको मत दिन नसक्ने बताएका छन् । 

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
 
यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यो पनि