बैशाख १५, २०८१, शनिबार
               

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक बसेको थियो । 

‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन,’ बैठकमा सहभागी एक नेताका अनुसार बुधबारबाट सरकारलाई दिएको समर्थन फिर्ता हुनेछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिन पटक-पटक आग्रह गर्दै आएका थिए । तर, माओवादीले यसभित्र ओलीको षड्यन्त्र लुकेको बताउँदै समर्थन फिर्ता लिएको थिएन । 

यो पनि