बैशाख ०८, २०८१, शनिबार
               

ओलीले राजदूतमा निरन्तरता दिए काँग्रेस सभापतिकी सासूलाई, दाहालको पत्ता साफ

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौँ । सरकारले माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयले राणासँगै ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीको पदावधि समेत लम्बाएको छ । गत आइतबार र सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले कार्यकाल सकिए पनि अर्को व्यवस्था नभएसम्मका राणा र पराजुलीको म्याद थप गरेको हो ।

दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए।

लक्की शेर्पालाई फिर्ता बोलाएपछि राजदूत नियुक्त दाहालको कार्यकाल अझै दुई वर्ष बाँकी छ । काँग्रेसबाट माओवादी प्रवेश गरेका उनी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

सरकारले सोमबार नै माओवादी कोटमा प्रदेश प्रमुख बनेका अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गर्दै नयाँ प्रदेश प्रमुख बनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि नै उनले राज्य संयन्त्रमा व्यापक परिवर्तन गर्ने सङ्केत स्वरूप यस्ता कदम चाली रहेको बताइन्छ ।

यस्तो अवस्थामा सरकारको विपक्षमा रहेको काँग्रेसलाई विश्वासमा लिन सभापतिकी सासूलाई राजदूतमा निरन्तरता दिइएको अडकल गरिएको छ । साथै राणा दलगत रूपमा राप्रपा नजिक रहेको कारण तथा संसदमा रहेको राप्रपाको मात्र एक मतले पनि सरकारको आयुमा फरक पार्न सक्ने आङ्कलन स्वरूप उनलाई नचलाइएको हुन सक्ने स्रोत बताउँछ ।

यसलाई ओलीको एक तीर दो निशानाका रूपमा हेरिएको छ ।

यो पनि