चैत १६, २०८०, शुक्रबार
               

महन्थ ठाकुर र राजेन्द्र महतोले गराउन थाले सांसदलाई हस्ताक्षर

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

राजनीतिक समिकरण बदलिँदै गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउन थालेका छन् । जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै हस्ताक्षर सङ्कलन गरेका बताइएको छ ।

कुनै प्रयोजन नखुलाइकन हस्ताक्षर गर्न लगाइएको पूर्वराजपा पक्षधर एक कार्यकारिणी सदस्यले बताए । पार्टीका अरू नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईलाई दबाब दिन भन्दै हस्ताक्षर सङ्कलन गर्न लागेको बताइएको छ । पार्टी भित्र विवाद बढिरहँदा प्रधानमन्त्री ओलीले विश्वासको मत दलिन लागेका र समाजवादी पार्टी भित्र विवाद बढिरहँदा भएको हस्ताक्षर सङ्कलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता ठाकुर र महतोले आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौँसमेत बोलाएका छन् । 

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका रेसम चौधरी जेलमा छन् । ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग बहुमत छ ।


कस्तो लाग्यो ?

यो पनि