जेठ ०४, २०८१, शुक्रबार
               

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रदेश प्रमुख  क्रमश: सीता पौडेल र गंगाप्रसाद यादवलाई शपथ तथा गोपनीयताको शपथ गराएकी हुन् ।  सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् ।  यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि