जेठ ०४, २०८१, शुक्रबार
               

शंकर पोखरेललाई अर्को धक्का : एमाले सांसदले दिए राजीनामा

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । 

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेले राजीनामा दिएका हुन् । शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका हुन् । ४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका अर्का सांसदले पनि राजीनामा दिएर धक्का दिए । योसँगै शंकर पोखरेलकाे पद जोखिममा परेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि