जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम  प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

यसअघि नेकपा (एमाले) ले लुम्विनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख यादव समक्ष दावी पेश  गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।  


कस्तो लाग्यो ?

यो पनि