बैशाख २५, २०८१, मंगलबार
               

मनाङ्गेले लिए मन्त्री पदको शपथ

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमामा बिहीबार उनले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् । मनाङ्गे सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मन्त्रीको रुपमा शपथ ग्रहरण गरेका हुन् । यसलाई महत्वका साथ हेरिएको छ । 

मनाङेलाई सामाजिक विकास मन्त्रालय टुक्र्याएर मन्त्री बनाइएको हो । मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।


कस्तो लाग्यो ?

यो पनि