बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेश सांसद अस्पताल भर्नाप्रति कांग्रेसको आपत्ति

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको 'आइसियु'मा भर्ना गरिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेस आपत्ति जनाएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भन्दै आपत्ति जनाएका हुन् । 

प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची भएका सांसद हराएका थिए । सोपश्चात् खोजी हुँदा सांसद अस्पतालमा भेटिएका थिए । 

कांग्रेस प्रवक्ता शर्माले अविश्वास प्रस्ताव आएपछि त्यसको सही ढंगले निरुपण गर्नुपर्नेमा सरकार गैरजिम्मेवार भएको बताएका छन् । ‘संसदीय परिपाटीमा अविश्वासको प्रस्ताव आउँदै गर्दा स्वस्त ढंगले निरुपण गराउने जिम्मेवारी सरकारको हो,’ उनले भने, ‘कोरोनाको बिरामी आइसियु बेड नभएर छटपटिइरहेका छन् तर सांसद शाहीको त कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ तर पनि कसैलाई भेट्न नदिने गरी स्वास्थ्य अवस्था गम्भीर छ भनेर आइसीयूमा राखिएको छ ।'

गण्डकी प्रदेश सभा सदस्यलाई आइसियुमा राख्ने अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने शर्माको भनाइ छ । 'अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने भयो । कतिपयले विगतमा पनि यस्तो भएको भन्छन्, तर नयाँ संविधानबमोजिम पनि त्यस्तै प्रवृति दोहोर्‍याउने हो भने हामी कहाँ जान्छौं ?,' उनको प्रश्न छ।

 


कस्तो लाग्यो ?

यो पनि