जेठ ०४, २०८१, शुक्रबार
               

अस्पतालमा भेटिए हराएका गण्डकी प्रदेशका सांसद

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेश सभा चलिरहेका हराए भनी हल्ला खल्ला भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको 'आईसीयू'मा भर्ना भेटिएका छन् । 

शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए ।हाल उनी पोखराकै चरक मेमोरियल अस्पतालमा उपचाररत भएको बताइएको छ । 

उनका स्वकीय सचिवका अनुसार उनी दिउँसो १२ बजे शाही अचानक बेहोस भएका थिए । 

जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । मंगलबारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शंकास्पद रहेको उनको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि