असोज ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरिएको एक सांसदले जानकारी दिए । 

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि