बैशाख २२, २०८१, शनिबार
               

गण्डकी प्रदेशमा मतदान हुँदै, दुई सांसद अनुपस्थित

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि दुई जना सांसद अनुपस्थित भएका छन् । जसका कारण विपक्षी दलका सांसदमा फरक तरंग पैदा भएको छ भने सत्ता पक्षलाई केही राहत भएको छ । 

प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही  दीपक मनाङ्गे (राजीव गुरुङ) बैठकमा सहभागी भएनन् । शाही सम्पर्कविहीन भएको बताइएको छ । 

गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् । यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जसपाका दुईसमेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि केहीबेरमा मतदान हुँदै छ ।

अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । तीन सांसद रहेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, तीनमध्ये खिमविक्रम शाहीले मतदान गरेनन् भने अविश्वासको प्रस्तावको पक्षमा ३० मत मात्रै पर्छ ।

अविश्वासको प्रस्तावको पक्षमा ३० मतमात्रै परेको अवस्थामा पक्ष विपक्षमा बराबरी हुन जान्छ र त्यस्तो अवस्थामा सभामुखले नेत्रनाथ अधिकारीले निर्णायक मत दिन पाउँछन्, जो माओवादीकै सांसद हुन् ।


कस्तो लाग्यो ?

यो पनि