बैशाख २७, २०८१, बिहीबार
               

सरकारले लियो १२० जनाको मुद्दा फिर्ता

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णयअनुसार सरकारले १२० जना प्रतिवादी भएका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले पनि जानकारी दिए ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार बादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

यो पनि