जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशसभा अवरुद्ध

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशसभा अवरुद्ध भएको छ । सत्तारुढ  दल नेकपा एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् । 

सांसदहरुको पिसिआार परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको उनीहरुको आरोप छ । 

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पिसिआार परीक्षण नगरी बैठक बस्न नहुने बताए ।

प्रदेश प्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले बताए । सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए ।

जनमोर्चाले पनि साथ दिने विश्वास दिलाएपछि कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने थाहा पाएपछि वैशाख १ गते मध्यरातमा मुख्यमन्त्रीले अधिवेशन अन्त्य गराएका थिए । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवेशन बोलाएका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि