जेठ ०४, २०८१, शुक्रबार
               

सोमबारबाट गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुने

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

पोखरा ।  गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुने भएको छ । सोमबार २ बजेबाट  सुरु हुने प्रदेशसभाको सो बैठक अधिवेशनको सुरुमै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुनेछ । 

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबुल गर्ने निर्णय गरेको छ । त्यसैगरी, मंगलबार सो अविश्वासको प्रस्तावमा भोटिङ हुने बताइएको छ । 

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। तर, राष्ट्रिय जनमोर्चा भने यतिखेर तटस्थ झै देखिएको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रस्तावको पक्षमा बहुमत पुर्‍याउन ३१ मत ल्याउनुपर्छ । 

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।

चालू संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि