जेठ ०४, २०८१, शुक्रबार
               

माधव नेपाल समूहले दायर गरेको रिटको सुनुवाइ आज हुँदै

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

आफूहरूविरुद्धको कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्ध दायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ । 

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको हो । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत अध्यक्ष ओलीले आफूहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता गरिएकाे हाे । रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्काशनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छ । त्यस्तै आफूहरूले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि